१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केन्द्रको विवाद देखाएर सदस्यता शुल्क गुपचुप पार्ने एनआरएनए अष्ट्रेलियाको तयारी

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७८, बिहीबार १५:०५

लण्डन । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको विवाद देखिएर एनआरएनए अष्ट्रेलियाले सदस्यहरूको शुल्क आफैले राख्ने भएको छ ।
एनआरएनए अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, हाम्रो नियत आईसीसीको लेबी रोक्ने होइन । तर, अहिले केन्द्रमा देखिएको जुन विवाद छ त्यसको निराकरण छिटोभन्दा छिटो होस् भन्ने हामी चाहन्छौं । विवाद सकिने बित्तिकै हामी आफ्नो कर्तव्य निर्वाह गर्न पछि पर्ने छैनौं ।”

सदस्यता शुल्क तत्कालै पठाउनुपर्नेमा केन्द्रलाई नपठाएको, गूटगत तरिकाले लागेको भन्दै अष्ट्रेलियाका एनआरएनए सदस्यहरुले नेत्रित्वको आलोचना भए पछि संघले विज्ञप्ति जारी गरेको हो ।

नव निर्वाचित अध्यक्ष नन्द गुरुङले सदस्यहरुको दस्तुर केन्द्रमा नबुझाएको स्विकार गरेका छन् । सदस्यहरुबाट केन्द्रमा आफ्नो दस्तुरहरु नबुझाएको गुनासो आएपछि बुधवार उनले एनआरएनए अष्ट्रेलियाको तर्फबाट प्रेस बिज्ञप्ति जारि गर्दै स्पष्टीकरण दिएका हुन् । प्रेस बिज्ञप्तिमार्फत् आएको स्पष्ठिकरणमा भनिएको छ ‘हाम्रो नियत आईसीसीको लेबी रोक्ने होइन । तर, अहिले केन्द्रमा देखिएको जुन विवाद छ त्यसको निराकरण छिटोभन्दा छिटो होस् भन्ने हामी चाहन्छौं । विवाद सकिने बित्तिकै हामी आफ्नो कर्तव्य निर्वाह गर्न पछि पर्ने छैनौं ।”

प्रतिनिधी छनौटमा केन्द्रसित बार्गेनिङ गर्न सदस्यताको लेबी नतिरेको आरोप सदस्यहरुले लागएपछि प्रेस बिज्ञप्ती मार्फत् त्यसलाई अस्विकार गर्दै अध्यक्ष नद घलेले भनेका छन् “हामीले प्रतिनिधी छनौटकालागि लेभीलाई बार्गेनिङको माध्यम बनाउने कुनैपनि मनशाय राखेका छैनौं । प्रतिनिधि छनौट केन्द्रिय समितिको विधान अनुसार सामान्य प्रक्रियाबाट चल्छ ।”

एनआरएनए अष्ट्रेलियामा नवनियुक्त अध्यक्ष नन्द घले पक्षले निवर्तमान कार्य समितिलाई असहयोग गर्दै आएको आरोप लगाइने गरेको छ । त्यसैगरि नन्द गुरुङ पक्षले पनि निवर्तमान समितिमाथि असहयोग गरेको आरोप लगाउने गरेको छ ।

नन्द गुरुङ पछिल्लो समयमा विश्व भेलाका नाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित र समर्थन गर्दै आएको भन्दै केहि सदस्यले उनको आलोचना गर्दै आएका छन् ।