२६ बैशाख २०८१, बुधबार
Follow Us

जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७८, बिहीबार १६:०५

बर्लिन । नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिती जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिती चयन गरेको छ । पौडेल लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

गत सोमवार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले जर्मनीको पाँचौं अधिवेशनको उद्घाटन गरेका थिए ।
बुधवार घोषणा भएको समितिमा उपसभापतिहरुमा होम शर्मा, कुलराज गिरि, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ, महामन्त्रीमा बोनट गौतम सहमहामन्त्रीमा ललित जोशी कोषाध्यक्षमा सर्मिला डाँगी, सहकोषाध्यक्षमा संजय महर्जन चयन भए ।
कार्यसमितिको सदस्यहरुमा बिनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् ।

त्यस्तै महासमिती सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत भएका छन् ।

यसैबीच निवर्तमान सभापति शिखर खड्का माथि नेपाली कांग्रेसको क्रियासिल सदस्यता वितरणमा किर्ते गरेको भन्दै विवादमा आएका छन् । उनीले बिभिन्न अनियमितता र पार्टीलाई बदनाम गराउने भित्री खेल शुरु गरेको दयाराम पक्षको आरोप छ ।