१३ बैशाख २०८१, बिहीबार
Follow Us

५० वर्षको उमेरमा पनि हट मलाइका

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७८, शनिबार ०४:४२

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेशका कारण चर्चित भारतीय अभिनेत्रीमध्ये एक हुन् । करिब ४८ वर्ष पुगेकी उनी आफनो उमेरअनुसारको कत्ति पनि देखिन्नन् । प्राय जिम तथा योगामा व्यस्त देखिने उनले आफनो उमेरलाई केबल अंकका रुपमा लिएकी छन् । बलिउड अभिनेता अर्जुन कपुरसँग लिव ईनमा रहेकी उनको छोरा नै १९ वर्षका छन् । श्रीमानसँग डिभोर्सपछि अर्जुन कपुरसँग सम्बन्धमा रहेकी उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीले हालै केहि बोल्ड फोटोशुट गराएकी थिईन् । जसलाई उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।