७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै, बेलायतबाट प्रस्थान गर्न नयाँ नियम लागू

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७८, आईतवार ०४:०२

लन्डन । बेलायतले कोरोना भाइरसको बढ्दो संक्रमण र विस्तारलाई रोक्न बेलायतबाट प्रस्थान गर्नुअघि अनिवार्य रुपमा कोरोनाको परीक्षण गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।

यात्रुहरुका लागि लगाइएको नयाँ नियम आगामी मंगलबार देखि लागू हुने बेलायती स्वास्थ्य मन्त्री सापित जाभेदले बताउनु भएको छ ।

बेलायतबाट प्रस्थान गर्नुअघि दुई दिन भित्रमा १२ वर्षभन्दा माथिका सबैले कोरोना परीक्षण गर्नुपर्नेछ । यस अघि बेलायत आउँदा कोभिड नेगेटिभ भएमा २ दिन सेल्फ आइसोलेसनमा बसे पुग्ने व्यवस्था थियो ।

बेलायतले यात्रा प्रतिबन्ध लगाएका दक्षिण अफ्रिका सहितका ७ मुलुक रहेकोमा अब नाइजेरिया पनि खतराको सूचीमा थप भएको छ । नाइजेरियाबाट आउने नागरिकले अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

नाइजेरियाबाट आउने २१ जना यात्रुमा ओमिक्रोन संक्रमण भएको फेला परेपछि प्रतिबन्ध कडाई गरिएको हो । बेलायतमा हालसम्म १ सय २९ जनामा ओमिक्रोन संक्रमण भइसकेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।