१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सबैको आत्मसम्मान सहित निर्वाचनको वातावरण बनाऔं: डा. हेम राज शर्मा, महासचिव, एनआरएनए

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७८, आईतवार १४:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले । सबैको आत्मसम्मान हुने गरि निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

उच्च अदालत पाटनले आइतवार गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेशलाई निरन्तरता दिने फैसला पछि शर्माले कानुनी सर्वोच्चतालाई स्विकार गर्न आव्हान गरेका हुन् ।

शर्माले अदालतको आदेशले पुर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको छ । अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिइ संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नु पर्ने प्रतिक्रिया दिए ।

उनले अहिले सम्म भएका घटनाहरुबाट पाठ सिक्दै आत्मसमीक्षा गरिने बताए ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उम्मेदवार, संरक्षक, सल्लाहकार, संस्थापक, अग्रज, शुभचिन्तकहरुलाई एकता कायम गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गरेका छन् ।