१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७८, सोमबार ०९:२०

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानून उल्लंघन गरेको आरोपमा सुकीलाई दोषी ठहर गर्दै सैनिक सरकारले जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । उनीमाथि थप ११ वटा आरोप लगाइएको छ ।

ती सबै आरोप प्रमाणित भए नेतृ सुकीले १ सय वर्ष भन्दा बढी समय जेल सजाय भोग्नुपर्ने बीबीसीले जनाएको छ । अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी नै छ । सेनाले लगाएका आरोपको सुकीले बारम्बार खण्डन गर्दै आउनुभएको छ । गत फेब्रुअरीमा म्यानमार सेनाले कू गरी सत्ता हत्याए यता नै सुकी सेनाको नजरबन्दमा रहँदै आउनुभएको छ । सैन्य कू बाट बाहिरिनु अघि नेतृ सुकिले नागरिक सरकारको नेतृत्व गर्नुभएको थियो ।

सेनाले नेतृ सुकीसहित स्टेट काउन्सिलर, राष्ट्रपति विन मिन्ट, सुकीको पार्टी नेशनल लिग फर डेमेक्रेसीका वरिष्ठ नेताहरु, सांसद तथा क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई नियन्त्रणमा लिएर शासन चलाइरहको छ । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै अर्को निर्वाचन नभएसम्म सत्ता सम्हाल्ने बताउँदै आएको छ ।