१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली समाज नटिङ्घम युकेको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७८, मंगलवार ००:०१

लण्डन । नेपाली समाज नटिङ्घम इष्टमिडल्याण्ड युकेको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित भएका छन् ।

सातौं कार्यसमितिको लागि सोमवार भएको निर्वाचनमा शर्माले रामप्रसाद पन्थिलाई पराजित गर्दै अध्यक्षमा निर्वाचत भएका हुन् ।

यस्तै दुई उपाध्यक्षको लागि भएको निर्वाचनमा मुकुन्दहरि खराल र गंगाप्रसाद ढकाल निर्वाचित भए । उपाध्यक्ष पदका अर्का प्रत्यासी गणेश सापकोटा पराजित भए ।

कार्यसमितिको अन्यपदमा महासचिव लोकनाथ अधिकारी, कोषाध्यक्ष विरेन्द्र खड्का (रेशम), सहकोषाध्यक्षमा रविन्द्र गिरी, सचिवमा उपेन्द्र सापकोटा सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अन्चल सापकोटा, ओमप्रकाश शर्मा, ईश्वरी कंडेल, रेश्मा खत्री, दुर्गा भुसाल, विवेग खातिक्षेत्री, विशाल प्रसाद, शेषकान्त सापकोटा, केशव न्यौपाने, अर्जुन सापकोटा, कमल प्रसाद खरेल र विकास सापकोटा निर्विरोध निर्वाचित भए ।

सन् २००९ मा स्थापना भएको सो संस्थामा दुई सय भन्दा बढी सदस्यहरु रहेका छन् । यो क्षेत्रमा करिब तीन सय नेपाली परिवार बसोबास गर्दै आएका छन् ।

संस्थाले नेपालमा बिभिन्न क्षेत्रमा परोपकारी काम गर्दै आएको संस्थाका नवनिर्वाचित महासचिव लोकनाथ अधिकारीले जानकारी दिए ।