१५ बैशाख २०८१, शनिबार
Follow Us

खुट्टा नकमाई एनआरएन निर्वाचन गर्नु पर्छ : गंगाधार गौतम, सचिव उम्मेदवार

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७८, मंगलवार १३:३०

लण्डन । गैरआवासीय नेपाली संघको सचिव पदको लागि उम्मेदवार गंगाधार गौतमले डिसेम्बर अन्तिमसाता हुने संघको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहभागी हुन् तथा संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दर्ता गर्न मंगलवार काठमाण्डौं पुगेका गौतमले संघको निर्वाचन प्रकृया कुनै पनि हालतमा रोक्न नहुने बताए ।

उनले प्रतिनिधि विवाद सामान्य भएको बताउँदै आपसी सहमतिमा मिलाउन आग्रह गरेका छन् ।

गौतमले नेपालको सबैभन्दा ठूलो, पुरानो, विश्वास र भरोसा योग्य लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसका विदेशस्थित संस्था नेपाली जनसम्पर्क समितिहरूका अधिवेशनहरूको तुलनामा संघको निर्वाचन पूर्ण लोकतान्त्रिक र विधीभित्र रहेको तर्क गरे ।

उनले जनसम्पर्क समितिमा अपनाइएका प्रक्रिया र पद्धतिलाई नजिकबाट महसुस एवं भोगाइले जनसम्पर्क समितिका नेता एवं अभियन्ताहरु विधि, विधान र प्रक्रियामा सञ्चालन नभएको कुरा गरेर कानुन र पद्धतिको माग गर्दै परराष्ट्र मन्त्रालय र अदालत जाने कुरालाई हास्यास्पद भएको जनाए ।

गौतमले नेपाली कांग्रेसले समेत केही जिल्ला र प्रदेशको निर्वाचनलाई स्थगित गरेर केन्द्रीय नेतृत्व चयनमा लागेको तर्क गर्दै संघभित्रमा समस्याको समाधान महाधिवेशनबाटै निकाल्न सकिने बताए ।

गौतमले संघको संस्थापन पक्षलाई खुट्टा नकमाई निर्वाचन सम्पन्न गर्न समेत आग्रह गरे ।