१२ बैशाख २०८१, बुधबार
Follow Us

नवौ राष्ट्रिय खेलकुदको लागि एनआरएनबाट खेलाडी छनोट प्रकृया शुरु

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७८, मंगलवार १४:०२

लण्डन । नवौ राष्ट्रिय खेलकुदको लागि एनआरएनबाट खेलाडीहरु छनोटको प्रकृया शुरु भएको छ ।

आगामी चैत्र महिनाको पहिलो साता हुने नवौ राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपाली खेलाडीहरुले गैरआवासीय नेपाली संघ मार्फत नाम पठाउन सक्ने छन् ।

सम्भावित खेलहरुको नामावली सहित डिसेम्बेर महिनाभित्र एनआरएनए स्पोर्टस एकेडेमीको सचिवालयमा पठाउन संघको खेलकुद प्रतिष्ठानले आग्रह गरेको छ ।