१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा सुवेदीको नाममा स्थापित पुरस्कारको घोषणा

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७८, मंगलवार १५:४९

लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्य प्रसाद सुवेदीको नाममा स्थापित पुरस्कार विद्यावारिधिको एक सर्बोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने भएको छ ।

वार्षिक रुपमा प्रदान गरिने सो पुरस्कार डा. निजोदी नेदेयुन्येमालाई प्रदान गरिने भएको हो । नामिबियाको संबिधानमा भएको पानी सम्बन्धि अधिकारको व्याख्याको विषयमा केन्द्रित उनको विद्यावारिधिको शोधग्रन्थका लागि प्रदान गरिएको छ।

डा निजोदी नेदेयुन्येमाको उक्त शोधग्रन्थ यो बर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायको सर्बोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो।

अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि गरेका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्बोच्च उपाधि महाविद्याबारिधि प्रदान गरेको थियो । सन् २०२० मा सुवेदीको नाममा उक्त बार्षिक पुरष्कार स्थापना गरेको थियो।

उनलाई अन्तरराष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याती तथा गौरव बढाउन उल्लेख्य योगदान पुराएको भन्दै सन् २०२१ मा नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो।

प्रा सुवेदी वेलायतको लीड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र वेलायतका ब्यारिष्टर र क्युसी हुन्।