१५ चैत्र २०८०, बिहीबार
Follow Us

च्याम्पियन्स लिग: लिभरपुलको शतप्रतिशत जित

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७८, बुधबार ०६:०२

लन्डन । इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे । खेलको २८औँ मिनेटमा फिकाेले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दाै टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे ।

हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।

राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टाेलाई पराजित गरेकाे छ । ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्याे भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो । पराजित पोर्टाे ५ अंक र ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

इन्टर उपविजेता
रियल मड्रिड समूह विजेता र इन्टर मिलन उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउँन टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरे । खेलको ६४ मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

यसै समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो । ७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।