७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : आचार्यले उम्मेदवारी नदिने, केसी र थापाबीच भिडन्त

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७८, बुधबार २०:२९

लण्डन । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्षका उम्मेद्वार कुल आचार्यले संघमा देखिएको प्रतिनिधि विवाद समाधान नभएसम्म यसै महिनाको अन्त्यमा हुने भनिएको निर्वाचनमा आफूहरु सहभागी नहुने बताएका छन । तर डा बद्रि केसी र रबीना थापाले भने तोकिएको समयमा विधानसम्मत तरिकाले निर्वाचन गर्न आग्रह गरेको फ्रान्सबाट संचालित नेपालप्लेस डट कमले उल्लेख गरेको छ ।

उनले भने “विवादहरु समाधान नगरि निर्वाचनमा जानु भनेको गैरआवाशिय नेपाली संघको भविष्यलाई धरापमा पार्नु हो ।”

पछिल्लो पटक उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछी संस्थापन पक्ष निर्वाचन गराउने तयारीमा जुटेको छ भने निर्वाचन समितिले कार्यतालिका सहित मतदाता नामावली प्रकाशित गरिसकेको छ । तर आचार्यले भने सहमती र छलफलबिनानै मतदाता नामावली सार्वजनिक गरिनु आपत्तिजनक रहेको बताए ।

“राष्ट्रिय परिषदहरुले पठाएको नामावलीलाई बेवास्ता गरेर आफ्ना पकेटका मान्छेलाई अध्यक्ष वा पदाधिकारी बनाउन गरिने निर्वाचनमा हामी सहभागी हुँदैनौं” उनले भने ।

आचार्यले संघ टुक्रिने कुरालाई भने अस्विकार गरेका छन् । “हामीले संस्था किन फुटाउनु पर्‍यो ? हामी विधानका कुरा गर्छौं । गैर आवाशिय नेपाली संघको इमेज राम्रो बनाउने कुरा गरिरहेका छौं । यदी कसैले विधिविधान विपरित गएर कुनै कृयाकलाप गरेको छ भने उसैले संघ फुटाउने चेस्टा गरेको छ । हो यस्तै कुरा हामीलाई स्विकार्य छैन ।”

“एनआरएन एउटा अभियान हो । यो अभियानलाई हामीले अगाडि बढाउँछौं । हामीले संस्था फुटाउँदैन यदी कसैले फुटाउँछ भने त्यो जिम्मेवारी उसैको हुन्छ” उनले थपे । आचार्यले संस्थालाई बदनाम नगर्न पनि आग्रह गरे ।

बितेका सात महिना यता चुलिएको संस्थाको विवाद रोकिने अझै सम्म कुनै सम्भावना देखिएको छैन । परराष्ट्र मन्त्रालय हुँदै अदालतसम्म पुगेको यो अभियानको अन्तिम पटाक्षेप भनेको अन्तरिम आदेश थियो जसको आधारमा संस्थापना पक्ष निर्वाचनको तयारीमा जुटेको छ ।

तर एउटा पक्ष बाहिर रहेर हुने निर्वाचनले संस्थाको भविष्य कस्तो होला भन्नेमा भने अन्योल नै छ । तथापी निर्वाचन समितिले अध्यक्षका तिनै जना प्रत्यासीलाई बोलाएर छलफल गरेको थियो । छलफलमामा ‘तपाईंले के भन्नु भयो ? भनेर हामीले अध्यक्षका एक प्रत्यासी डा बद्री केसीलाई सोधेका थियौं । उनले आफूले भन्नुपर्ने खासै कुरा नभएको बताउँदै भने “विधानअनुसार कार्य समितिले काम गर्न थालेको छ । निर्वाचन समितिले पनि काम गर्न थालेको छ । प्रतिनिधिका विषयमा विधान सम्मत रहेर काम गर्न अनुरोध गरेको छु ।”