१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन समिति र अध्यक्षका प्रत्यासीबीच छलफल

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७८, बुधबार २०:४४

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन समितिले उम्मेदवारबीच छलफल शुरु गरेको छ ।

संघको निर्वाचन समितिका संयोजक लीलामणी पौडेल सहित बुधवार भएको छलफलमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी र कुल आचार्य सहभागी थिए ।

छलफलमा अध्यक्षका प्रत्यासी कुल आचार्यले संघमा देखिएको प्रतिनिधि विवाद समाधान नभएसम्म यसै महिनाको अन्त्यमा हुने भनिएको निर्वाचनमा आफूहरु सहभागी नहुने बताएका थिए ।

छलफलमा अर्का अध्यक्षका प्रत्यासी डा बद्रि केसी र रबीना थापाले भने तोकिएको समयमा विधानसम्मत तरिकाले निर्वाचन गर्न आग्रह गरेका थिए ।

छलफलमा अध्यक्षका तिनै जना प्रत्यासीहरुले १० औं महाधिवेशनको लागि राष्ट्रिय समितिका प्रतिनिधिमा देखिएको विवादका बारेमा निर्वाचन समिति समक्ष आआफ्ना भनाई राखेका थिए ।
संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख निर्वाचन हुदैछ । निर्वाचन समितिले पूर्वप्रकाशित तालिका अनुसार नयाँ नेतृत्वको लागि शनिवार उम्मेदवारी दर्ता हुदैछ ।