७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : डिसेम्बर १६ मा उम्मेदवारी दर्ता, कार्यवाहक निर्वाचन आयुक्तमा थापा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७८, शुक्रबार १७:०२

लण्डन । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि भोलि शनिवार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बर सम्मको लागि सरेको छ ।

संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो ।

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान सम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ ।

कार्यवाहक निर्वाचन आयुक्तमा रामप्रताप थापा

यसैबीच निर्वाचन आयुक्त लिला मणी पौडेलले आफ्नो पदबाट शुक्रवार राजिनामा दिएमा छन् । निर्वाचन आयुक्त लिलामणी पौडेललाई सरकारका तर्फबाट निर्वाचन रोक्न चर्को दवाव थियो ।

यसैबीच शुक्रवार विहान कुल आचार्य समुहले नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्कलाई भेटेर पौडेललाई राजिनामा दिन दिवाव दिएको थियो ।

स्रोतका अनुसार उनको राजिनामा अध्यक्ष कुमार पन्तले स्विकृत गरिदिएका छन् ।

निर्वाचन आयुक्तमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए ।

प्रमुख निर्वाचन आयुक्तलाई राजिनामा गराउन दवाव दिन कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काकोमा पुगेको कुल आचार्य सहितको समूह