१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए विवाद मिलाउन संस्थापक अध्यक्ष डा. महतो सकृय

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७८, शुक्रबार १९:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद सल्टाउन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सकृयता देखिएका छन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघको विवाद मिलाउन परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई आग्रह गरे पछि उनले सहमतिको पहल शुरु गरेका हुन् ।

स्रोतका अनुसार परराष्ट्र मन्त्री डा नारायण खड्काले संघको विवादमा आफु पर्न नचाहेको भन्दै महाधिवेशनको तयारी गर्न अनुरोध गरेका थिए ।

यसअघि मन्त्रालयले संघको संरक्षक परिषदलाई जिम्मा दिने परिपत्र गरे पछि प्रमुख संरक्षक शेष घलेले संस्थाको सम्पूर्णअधिकार हातमा लिन खोजे पछि विवादमा आएका थिए ।
मन्त्रालयको पत्रलाई पाटन उच्च अदालतले खारेज गरिदिए पछि संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख हुने तय गरिएको छ ।