१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएमा ‘सेल्फि भोटिङ प्रणाली’ परिक्षण सफल

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७८, शुक्रबार २१:१२

लण्डन । डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फि भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फि भोटिङ प्रणाली सफलता पूर्वक परिक्षण गरिएको हो ।

सो प्रणाली अन्तर्रगत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिहरुले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फि मार्फत मतपत्र खोलेर मात्र आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

गैरआवासीय नेपाली संघका ३३ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरुले स्मार्ट एनआरएनए डाउलोड गरेर सेल्फी दिएका छन् । संघको निर्वाचन समितिले डिसेम्बर २६ – २७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।

एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई डिसेम्बर १० तारिख सम्म सेल्फि लिन र डकुमेन्ट अपडेट गर्न अनुरोध
गैरआवासीय नेपाली संघको आगामि निर्वाचनको लागि संघको निर्वाचन समितिले फेस प्रमाणिकरण (सेल्फि) मार्फत डिसेम्बर २६ र २७ मा अनलाइन मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सेल्फि नदिएका र कागजात नपुगेकाहरुलाई तत्तकाल अपडेट (अध्यावधिक) गर्न अनुरोध समेत गरेको छ । निर्वाचन समितिको अनुरोध अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका व्यक्तिहरूले १० डिसेम्बरभित्र निम्नानुसार गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
१. महाधिवेशन प्रतिनिधिहरुको एनआरएनए एमआइएसमा आफ्नो नाम दर्ता भएको हुनुपर्छ ।
२. सेल्फि लिनको लागि आफ्नो मोबाइलमा “Smart NRNA” आप डाउनलोड गर्नु पर्छ ।
३. उक्त एपमा एकाउन्ट लगइन गरे पछि सेल्फि दिएको छैन भने त्यसको जानकारी आउछ (तल हेर्नस) । त्यसमा किलिक् गरेर सेल्फि लिन सकिन्छ ।
४. अमेरिका र अष्ट्रेलियाका महाधिवेशन प्रतिनिधिहरुले समेत एमआइएस मार्फत सेल्फि लिन सक्ने छन् ।
५. सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित भएको कागजात पहिला बुझाउन छुटेको भए इमेल ([email protected]) मार्फत पठाउनु होला ।
धन्यवाद ।
डा. हेम राज शर्मा
महासचिव, गैरआवासीय नेपाली संघ