May 25, 2022
2:58 PM | 7:43 PM
डायस्पोरा

चुनाव रोक्न षड्यन्त्र भैरहेको छ : डा बद्री केसीे, उपाध्यक्ष, एनआरएनए

  11/12/2021 मा प्रकाशित

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोक्न गम्भीर षड्यन्त्र भइरहेको आरोप अध्यक्षका प्रत्यासी डा बद्रि केसीले लगाएका छन्।

उनले निर्वाचनकै मुखमा निर्वाचन आयुक्तले राजीनामा दिएको प्रकरणलाई सामान्य नमान्न गैरआवासीय नेपालीको अभियानमा लागेका व्यक्तिहरुलाई आग्रह गरेका छन्।

उच्च अदालत पाटनले एनआरएनएको निर्वाचन प्रक्रियालाई सहज तुलाएको अवस्थामा चुनावमा भाग लिने प्रतिनिधिको दावी विरोधको अन्तिम दिन निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु भनेको पेशाप्रतिको धोका भएको केसीको भनाइ थियो।

‘‘उहाँ (लिलामणि पौडेल) ले नेपाल बार आन्दोलनमा रहेको र आफू बारको महासचिव भएको भन्दै राजीनामा गर्नुभयो। यो धोका हो’, शनिबार आयोजित ककस कार्यक्रममा उनले भने, ‘निर्वाचन आयुक्तको जिम्मेवारी लिएर आवद्ध भइसकेपछि अन्तिम समयमा विभिन्न बहाना बनाउनु भनेको सरासर गल्ती हो।’

उनले जतिसुकै षड्यन्त्र भएपनि एनआरएनएको चुनाव २६–२७ डिसेम्बरमा भइ छाड्ने विश्वास दिलाए।

हाल एनआरएनएको उपाध्यक्ष रहेका केसीले यस विषयमा परराष्ट्र मन्त्रीले संघका पूर्वअध्यक्ष उपेन्द्र महतोसँग कुराकानी गरेको र निर्वाचन गराउन मन्त्रालयले रोकटोक नगर्ने भरोसा दिएको बताएका छन्।

निर्वाचन गराउने सम्बन्धमा अध्यक्ष कुमार पन्तले कार्यवहाक निर्वाचन आयुक्तको रुपमा रामप्रताप थापालाई नियुक्त गरिसकेको र छिट्टै आयुक्त तोकिने स्पष्ट पारे।

प्रतिक्रिया