११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जरा नियुक्त

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७८, आईतवार २०:१९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जरा नियुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो ।

बनेपा स्थाईघर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्त लालमणी पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बन्जरालाई नियुक्त गरिएको हो ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुदैछ । संघको नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुदैछ ।