११ बैशाख २०८१, मंगलवार
Follow Us

ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार ०५:३८

काठमाडौं । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु-याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ ।
गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई यहाँ आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापीरुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली साहित्य, कला, संस्कृति विधालाई राज्यले जुनरुपमा प्राथमिकता दिनुपर्ने हो त्यो दिन सकेको छैन ।” मन्त्री महतले महत्वपूर्ण सन्देश आम जनमानसमा पु-याउन फिल्म क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई राज्यको सहजकर्ताको रुपमा लिनुपर्ने बताउनुभयो ।