११ बैशाख २०८१, मंगलवार
Follow Us

मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७८, सोमबार ०३:३०

मड्रिड । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो । १६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए ।

रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ । १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए ।

४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए । बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौँ स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औँ स्थानमा छ ।