१३ बैशाख २०८१, बिहीबार
Follow Us

विधिबिधान मिचेर एनआरएनएमा भागबण्डाको प्रस्ताव

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७८, बुधबार ०८:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) संघभित्र विधि र पद्धतिको माग गर्दै लामो समय देखि विवाद गर्दै आएको एक समूहले बिधानको धज्जी उठाएर सहमतिको लागि प्रस्ताव अघि सारेको छ ।

संघको १० औं महाधिवेशनका प्रत्यासी कुल आचार्य समूहले १२ महिना आफुले संघको नेतृत्व समाल्न पाए निर्वाचन प्रकृयामा भाग लिने प्रस्ताव संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो मार्फत अघि बढाएको हो ।

स्रोतका अनुसार प्रस्तावमा डा बद्रि केसी र कुल आचार्यकोलाई एक एक वर्ष कार्यकाल हुने उल्लेख छ ।

सहमतिको प्रस्तावमा अध्यक्षको प्रत्यासी रविना थापालाई भने समावेश गरिएको छैन् ।

आचार्य समूहको प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्रि केसीले ठाडै अस्वीकार गरेका छन् ।

सहमतिको लागि बोलाइएको एक बैठकमा बोल्दै डा. केसीले आफु विधिविधान मिचेर बन्ने अध्यक्ष नहुने भन्दै निर्वाचनको लागि तयारी गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार डा. केसीले प्रतिनिधि विवाद मिलाएर विधि सम्मत तरिकाले निर्वाचन प्रकृयामा जान जोड दिएका थिए ।

यसअघि गैरआवासीय नेपाली संघको निर्वाचन समितिले नयाँ नेतृत्वको लागि निर्वाचन २६ र २७ डिसेम्बरमा हुने कार्यतालिका प्रकाशन गरेको थियो । संघको महाधिवेशन प्रतिनिधि विवादमा नसल्टिएका कारण निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गर्न सकेको छैन् ।

समितिले विहिवार उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेको छ । संघका अध्यक्ष कुमार पन्तले तोकिएकै मितिमा निर्वाचन हुने दावी गर्दै आएका छन् ।