१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनलाई पुननिर्माणमा सहभागी गराउन सरकार चाहदैन

नेपालब्रिटेन डट कम्
२५ असार २०७३, शनिबार १६:१४

chhetra-kumar-shresthaक्षेत्रकुमार श्रेष्ठ, रेस्टुरेन्ट व्यवसायी ।
व्यवसाय गर्नका लागि डेढदशक अघि यूरोप छिरेका क्षेत्रकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष हुन् । विशेषतः उनी रेस्टुरेन्ट व्यवसायी हुन् । उनको इटाली र जर्मनीमा गरी आधा दर्जन बढी रेस्टुरेन्ट छन् । व्यवसायसँगै उनको लगाव समाजसेवाको क्षेत्रमा पनि त्यत्तिकै छ । एआरएनमार्फत् उनले नेपालको शैक्षिक र भौतिक निर्माणमा पु-याएको योगदान प्रशंसनीय छ । नेपाल र नेपाली समाजलाई एनआरएन इटालीले के दियो र के गर्न खोज्दैछ भन्ने विषयमा श्रेष्ठसँग गरिएको कुराकानी–
० यूरोपको नवौं क्षेत्रीय सम्मेलनको तयारी कहाँ पुग्यो ?
– डेनमार्कको कोपेनहेगनमा यही जुलाईको अन्तिममा आयोजना हुने यूरोपको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको मेरो जानकारीमा छ । सम्मेलनलाई उपलब्धीमूलक बनाउन साथीहरु लागिरहनुभएको छ । सदस्यको नाताले एनआरएन इटालीले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराउँछु ।
० कुन एजेन्डामा सम्मेलन केन्द्रित होला ?
– अहिलेको जल्दोबल्दो एजेन्डा भनेकै पुननिर्माण हो । भूकम्प पीडितले यो बर्खा पनि च्यातिएको पालमा बित्यो, सिन्धुपाल्चोकका जनता थप बाढीपहिरोको चपेटामा परेका छन् । राज्य टुलुटुलु हेरेर बसेको छ, विदेशमा रहे पनि हाम्रो मन उनीहरुको पीडाले दुखिरहेको छ । यस विषयमा नवौं क्षेत्रीय सम्मेलनमा छलफल मात्र हुने छैन, केही महत्वपूर्ण योजनाहरु पास पारित गरेर हामी काममा जुट्छौं ।
० सरकारले त थालेको छैन, तपाईंहरुलाई काम गर्न देलान ?
– गैरआवासीय नेपालीहरुले एउटा नमूनायोग्य काम गर्न तत्परता देखाएको धेरै भयो, तर सरकारले हामीलाई स्वीकृति दिएको छैन । हामी यूरोपबाटै मिस्त्रीसहितको टोली गएर नमुनायोग्य काम गर्न तत्पर छौं, त्यसका लागि हामीले सरकारको स्वीकृति पर्खेर बसेका छौं । स्वीकृति पाएको भोलिपल्ट हाम्रो टोली पुननिर्माणमा जुट्ने छ ।
० के गर्नुहुन्छ तपाईंहरु ?
– गैरआवासीय नेपाली संघ इटालीले ७० वटा घर बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छ । हामी नयाँ प्रविधिबाट स्वयसेवक खटाएर गोर्खाको लाप्राकमा ७० वटा घर बनाउने योजनामा छौं । तर त्यसका लागि सरकारले अनुकूल वातावरण मात्र होइन, स्वीकृतिसमेत दिएको छैन ।
० वातावरणचाहिँ कस्तो बनाउनुपर्ने ?
– पुननिर्माणस्थलसम्म सडक यातायातको पहुँच हुनुपर्छ । हेलिकप्टरमा निर्माण सामग्री ढुवानी गर्न सम्भव हुँदैन । सधैं चामल बाडिर मात्र त्यस क्षेत्रको विकास हुँदैन, सिपमूलक तालिम, निर्माणमा नयाँ प्रविधि तथा मेहनत गर्न सिकाउने हाम्रो लक्ष्य छ, त्यसका लागि हामीलाई अनुकूल वातावरण चाहिएको हो ।
० यी कुरा सरकार सक्षम राख्नुभएको होला नि ?
– पटक पटक हाम्रा कुरा सरकार समक्ष राखिसकेका छौं । अब पुननिर्माणमा सहभागी हुन पाउनुप¥यो भनेर जुलुस लिएर हिड्न मात्र बाँकी छ । सरकारको यो ढिलासुस्तीले कसैलाई फाइदा पुग्दैन । बरु पीडितको पीडामा नुन चुक थप्ने काम भएको छ ।
० सरकारबाट कस्तो जवाफ पाउनुभयो ?
– उहाँहरुबाट पुननिर्माणको काम अब छिट्टै सुरु हुने जवाफ दिनुहुन्छ । तर कहिलेदेखि सुरु हुन्छ भन्ने जवाफ दिन चाहनु हुन्न । हामी पुननिर्माणमा सहभागी भइरहनु पर्दैन, पैसा दिए पुग्छ भन्ने आशयको अभिव्यक्ति उहाँहरुको छ ।
० पैसा नै दिए हुँदैन ?
– हुँदैन, हामीले नमूना घर बनाउन खोजेका हौं । साहु भए पनि काम गर्नुपर्छ है भन्ने सन्देश दिन खोजेका छौं । हामीले गरेको काम सन्देशमुलुक होस् भनेर पुननिर्माणमा सहभागी भएका हौं । हाम्रो कामले समाजमा सकरात्मक सन्देश फैलियोस् भन्ने हाम्रो उद्देश्य हो । पैसा दियो भने त्यसको सदुपयोग हुन्छ हुँदैन त्यसको ग्यारेन्टी कसले लिन्छ ? चामल गोदाममा कुहिएको छ, भाँडा माँझेर गरेको आम्दानीबाट हामीले किनेको लत्ताकपडा मुसाले प्वाल बनाइदिएको छ । त्रिपालमा कर्मचारीले भ्रष्टाचार गरेका छन् ।
० भूकम्पपछि एनआरएन इटालीले के ग-यो ?
– तत्काल राहत वितरण गर्नका लागि मलाई दोलखा संयोजक बनाएर खटाइएको थियो । त्यसपछि हामीले सिन्धुपाल्चोक, गोर्खा, धादिङ र नुवाकोटका सामुदायिक स्कुल निर्माण, तत्कालका लागि गाँस, बाँस र कपासको व्यवस्था गर्नुको साथै अस्थायी बसोबासका लागि धेरै काम ग¥यौं । सामुदायिक स्कुल निर्माणमा हामीले सक्रिय भएर हामी त्यसबेला लागेका थियौं । एनआएएन इटालीले दुई करोड ४० लाख रुपैयाँ संकलन गरेर एनआरएन पुननिर्माणमा कोषमा जम्मा गरेको छ ।
० कति भयो यूरोप बसोबास गर्नुभएको ?
– डेढदशक बढी भयो यूरोप बसोबास गरेको । रेस्टुरेन्ट व्यवसायी हुँ, इटालीलगायत जर्मनीमा समेत मेरो दुईवटा रेस्टुरेन्ट छ । झन्डै तीन दर्जन नेपालीले रोजगारी पाएका छन् ।
० कस्तो छ व्यवसाय ?
– सन्तुष्ट छु, सबैलाई तलब दिएर राम्रैसँग आयआर्जन गरिरहेको छु । आफूलाई सफल व्यवसायी ठान्छु । अझै सम्भावना देखिएको स्थानमा लगानी गर्न पछि पर्दिन् ।
– चार दिशा डट कमबाट साभार
– See more at: http://www.nepalbritain.com/?p=49225#sthash.ambbIJbo.dpuf