७ बैशाख २०८१, शुक्रबार
Follow Us

केसीकाे हलिउड फिल्म ‘फाइट अफ फरी-२’ को फस्टलुक सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२ पुष २०७८, शुक्रबार ०४:०९

काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ ।
सन्नीकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उनी फिल्मका प्रमुख अभिनेता हुन् ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटर लगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमासमेत प्रदर्शन गरिने शन्नीले बताए ।

एक्सन जनराको यो फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठान गरेको छ । यो फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ ।

शन्नीले बलिउडका गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरिसकेका छन् । उनले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’मा पनि काम गरेका थिए । उनले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।