May 25, 2022
1:53 PM | 6:38 PM
खेल

सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता

  18/12/2021 मा प्रकाशित

काठमाडौं । इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टाे गाग्लीयर्दिनीले १/१ गोल गरे ।

जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।

प्रतिक्रिया