१३ बैशाख २०८१, बिहीबार
Follow Us

गाब्रियलको दुई गोलमा आर्सनल विजयी

नेपालब्रिटेन संवाददाता
४ पुष २०७८, आईतवार ०५:१९

लन्डन । गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे ।

लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे । घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए । जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । यता, लिड्स भने समान खेलबाट १६ अंक सहित १६ औं स्थानमा छ । १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।