१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहारा यूकेको अध्यक्षमा कुसाङ गुरुङ चयन

नेपालब्रिटेन डट कम्
५ पुष २०७८, सोमबार ०५:०५

लन्डन । बेलायतको नेपाली समुदायबीच खेल विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सहारा यूकेमा नेतृत्व परिवर्तन भएको छ ।

सहारा यूकेको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले ले. (रि). कुसाङ गुरुङको अध्यक्षतामा सातौं नयां कार्यसमिति चयन गरेको छ । कुसाङ यसअघि उपाध्यक्ष थिए ।

अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा बाचस्पति रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सह-कोषाध्यक्षमा जगन गुरुङलाई चयन गरेको हो ।

त्यसैगरि, सहारा एफसी चेयरमेनमा सारदा गुरुङ र सहारा एफसी सिइओमा क्याप्टेन (रि) पिताम्बर 
गुरुङ चयन भएका छन् ।

अधिवेशनले खेलकुद सचिवमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दिप उपाध्यायलाई चुनेको छ ।

त्यसैगरि, सदस्यहरुमा मिलन तमु गुरुङ, श्रीमति मन्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, शम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ चुनिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त महेश गुरुङ र सदस्यहरु लोक गुरुङ एवं हरि श्रेष्ठ सम्मिलित निर्वाचन समितिले नयां कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको हो ।

नवनिर्वाचित अध्यक्ष कुसाङ गुरुङले आफ्नो नेतृत्वमा संस्थालाई नयां उचाईंमा लैजान प्रयत्न गर्ने बताए । निवर्तमान अध्यक्ष कुमार गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

सहारा यूकेले नेपाली युवा खेलाडीलाई सहभागी गराइ हयाम्पसायर लिगमा भाग लिइरहेको छ । सहाराले एफएसंग समन्वय गरेर कोचिङ र रेफ्री तालिम पनि उपलब्ध गराउंदै आएको छ ।

सहारा यूकेमार्फत नेपालका राष्ट्रिय खेलाडी निरन्जन खड्काले अहिले रेडिङको एवरफिल्ड क्लबमा अन्डर १८ लाई प्रशिक्षण दिने गरेका छन् ।

आउंदो जनवरी २० देखि पोखरामा हुने आहा गोल्डकपमा भाग लिन सहारा यूकेका ५० जना खेलाडी तथा पदाधिकारी नेपाल जाने तयारी भइरहेको पूर्व अध्यक्ष मीन बहादुर गुरुङ साईंलाले नेपाली लिंकलाई बताए । सहारा यूकेले नेपालमा सहारा एकेडेमीका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएको छ । तस्बिरहरु- मिलन तमु