May 25, 2022
1:28 PM | 6:13 PM
कला तथा मनोरन्जन

डेउडा गायक जोशीमाथि कुटपिट

  20/12/2021 मा प्रकाशित

बैतडी । डेउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो । आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका-९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए ।

उनले भने,‘हामी दिनभरी भिडियो छायांकनमा थियौं । साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए । आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाई छ ।

कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ ।

कुटपिटबाट जोशीको छाती, आँखा, नाकलगायत ठाउँमा गम्भीर चोट लागेको छ । अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोशीले बताए । घटना महेन्द्रनगरस्थित चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो ।

घटनाको विषयमा अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया