१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पल र स्वस्तिमाकाे ‘दिलको हरन’

नेपालब्रिटेन संवाददाता
५ पुष २०७८, सोमबार ०५:२१

काठमाडौं । गीतकार बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्दमा रहेको प्रेमिल शैलीको गीत ‘दिलको हरन’ सार्वजनिक भएको छ।यस गीतमा गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईले आफ्नो सुमधुर स्वर दिएका छन्।

चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन्।

दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो।