१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शीर्ष स्थानमा सिटीलाई स्पष्ट तीन अंकको अग्रता

नेपालब्रिटेन संवाददाता
५ पुष २०७८, सोमबार ०५:२८

लन्डन। न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै इंंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ । आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेकाे हाे । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍याे । सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्यक्यासललाई दबाब बनाउँन दिएन ।

खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाए । २७औं मिनेटमा कनसेलोले २-० को दोब्बर अग्रता बनाए । मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितीमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४-० अन्तरको जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आइतबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग गोल रहित र लिभरपुल टोटनहमसँग २–२ गोलको बराबरीमा रोकियो ।

चेल्सी र लिभरपुल रोकिए
उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो ।

राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग रोमाञ्चक बराबरीमा रोकियो । निकै नै प्रतिस्पर्धात्मक खेल २–२ गोल अन्तरमा सकिएको थियो ।

लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो । टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १-१ गोल गरे । लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १-१ गोल गरे ।

खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए । ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २-१ को स्थितिमा ल्याए । हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २-१ को बराबरीमा ल्याए ।

बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ । आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गर्‍याे ।

जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।