August 7, 2022
12:11 AM | 4:56 AM
खेल

साविक विजेता नेपाल र श्रीलंका भिड्दै

  23/12/2021 मा प्रकाशित

काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ ।

महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ । प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया