१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एलिना, रचना र समीक्षासंग कृष्णको‘लुम्ले काँडेमा’

नेपालब्रिटेन संवाददाता
८ पुष २०७८, बिहीबार ०४:३९

गायक कृष्ण केसीले गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको साथमा गाएको ‘लुम्ले डाँडैमा’ बोलको गीत रिलिज गरिएको छ । यो गीतमा कृष्ण केसीकै शब्द तथा संगीत छ ।

गायक कृष्ण केसी अमेरिकामा रहेर पनि गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, यसअघि पनि थुप्रै गीतसंगीत सार्वजनिक गरिसकेका छन् । उनले, आफूले नेपाली गीतसंगीतलाई अगाडि बढाउनका लागि प्रयास मात्र गरेको बताए ।

गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैलीमा बनाएका छन् । भिडियोमा मोडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ ।

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ । मौसम हिमालीकोे कोेरियोग्राफी रहेको भिडियोेमा अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।