१२ बैशाख २०८१, बुधबार
Follow Us

काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

नेपालब्रिटेन संवाददाता
८ पुष २०७८, बिहीबार ०४:४१

लन्डन । आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्दी टोटनहम पाएको हो । सोहि फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो ।

दुबै सेमिफाइनल खेल होम एण्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गय राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो ।

यता, टोटनहमले वेष्ट हाम युनाईटेडलाई २–१ अन्तरले पराजित गर्यो भने चेल्सीले ब्रेन्टफोर्डलाई २–० अन्तरले पराजित गर्‍याे ।