७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए मतदाता सूचि मिले पछि निर्वाचन तालिका पुनः प्रकाशन हुने

नेपालब्रिटेन डट कम्
१० पुष २०७८, शनिबार १९:११

लण्डन । गैरआवासीय नेपाली संघको यही आइतवार र सोमवार हुने भनिएको निर्वाचन रोकिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरिराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए । तर समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रीत रहे पछि विवाद आएको छ । भागबण्डाको प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा. बद्री केसी र रविना थापाले सिधै अस्वीकार गर्दै निर्वाचनको माग गरेका छन् ।

सार्वजनिक रुपमा निर्वाचन गरिन्छ भन्दै पटक पटक प्रतिबद्धता जनाएका संघका अध्यक्ष कुमार पन्तलाई समेत निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ ।