१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए विवाद मिलाउन गठित समितिमै विद्रोह

नेपालब्रिटेन डट कम्
११ पुष २०७८, आईतवार १५:२१

अब त अति भयो निर्वाचन गरौं

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन गठित समितिका एक सदस्यले संघभित्र पदिय भागबण्डा मान्ने नहुने बताएका छन् ।

संघका अध्यक्ष कुमार पन्तद्धारा एक पक्षीय रुपमा गठित उपसमितिका सदस्य नारायण थापाले तत्काल निर्वाचनको माग गरेका छन् ।

थापाले आइतवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइनमा लेखेका छन् “अब त अति भयो कुमार पन्तजी एनआरएनएको चुनाव गराउनुहोस् । जो जो आउछन, आउँछन नआउनेलाई के गर्ने । भागबण्डा मान्ने हुनेछैन् ।”

यसअघि संघको कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीले समेत अति भयो एनआरएनएको विवादको अन्त्य गरौं भन्दै अपिल गरेका थिए । उनले निर्वाचन मार्फत समस्याको समाधान खोज्न अपिल गरेका थिए ।

यस्तै संघका केन्द्रीय सदस्य प्रमोद सिटौलाले समेत निर्वाचनको बिकल्प नभएको बिचार व्यक्त गरेका छन् ।

संघभित्र प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्वआदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरिराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए । तर समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रीत रहे पछि विवाद आएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले भागबण्डाको अजेण्डा बैठकमा प्रस्तुत गरे पछि समितिको बैठक अनिर्णयको बन्दी बनेको छ ।

भागबण्डाको प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्री केसी र रविना थापाले सिधै अस्वीकार गर्दै निर्वाचनको माग गरेका छन् ।