७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्ष पन्तले आयोजना गरे चियापान

नेपालब्रिटेन डट कम्
१३ पुष २०७८, मंगलवार ०२:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

संघको निर्वाचन अन्योलमा रहेको बेला काठमाण्डौं पुगेका पन्तले आज दिउंसो चियापानको आयोजना गरेका हुन् ।

संघको केन्द्रीय कार्यालयमा ४ बजे देखि आयोजना हुने सो कार्यक्रममा नेपालमा रहेका गैरआवासीय नेपालीहरु आमन्त्रण गरिएको छ ।

पन्तले चाँडैनै पारस्परिक परामर्श र सहमतिमा संघको निर्वाचन हुने बताएका छन् । संघको निर्वाचन प्रकृयालाई अबरुद्ध गरेर भागबण्डा गर्ने हिडेको आरोप लागेका पन्तले गैरआवासीय नेपालीहरुसंग सुझाव संकलन गर्ने अपेक्षा गरिएको छ ।