१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित

नेपालब्रिटेन डट कम्
१३ पुष २०७८, मंगलवार ०३:४८

बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन । तर, बेलायतकाअन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।

क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमश: क्रिसमस र बक्सिंग डे परेको हुँदा दैनिक संक्रमित संख्या सार्वजनिक गरिएको थिएन। पछिल्लो २४ घन्टामा थप ९८ हजार ५१५ संक्रमित थपिएसँगै तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिएका हुन् ।