१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता टुटुको निधनमा प्रा सुवेदीद्वारा दु:ख ब्यक्त

नेपालब्रिटेन डट कम्
१३ पुष २०७८, मंगलवार १९:१५

लण्डन- बेलायतका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमोन्ड टुटुको निधनमा गहिरो दु:ख ब्यक्त गरेका छन् । सुवेदीले आइतबार एक शोक वक्तव्य जारी गर्दै दु:ख ब्यक्त गरेका हुन् ।

दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार निधन भएको थियो । टुटुले लन्डन किङ्स कलेजमा अध्ययन गरेका थिए ।

बेलायतको हल विश्वविद्यालयमा आफूले प्राध्यापक भइ काम गर्दा टुटुको उक्त विश्वविद्यालयमा भएको भ्रमणको आयोजक मध्ये एक प्रा सुवेदीले टुटुको निधनले संसारले एउटा महान विचारक र अभियन्ता गुमाएको बताएका छन् ।

हल विश्वविद्यालयमा टुटुले ३-४ पटक प्रवचन दिंदा त्यसले प्रा सुवेदी, उनका विद्यार्थी र अन्य प्राध्यापकलाई गहिरो छाप परेको सुवेदीले बताए ।

टुटुको एउटा प्रवचनमा त आफ्नो परिवार नै लगेको र आफ्ना छोरा छोरीलाई त्यो प्रवचनले धरै प्रेरणा दिएको सुवेदीले स्मरण गरे ।

दासत्व प्रथा संसारभर उन्मूलन गर्ने अभियानको नेतृत्व गरेका विलियम वील्वरफोर्सको सम्मान र सम्झनामा हल विश्वविद्यालयमा परम्परागत र आधुनिक प्रकारका दासत्व उन्मूलन सम्बन्धि अध्ययन र अनुसन्धानका लागि एक विशेष संस्था स्थापना गरिएको छ ।

सो संस्थाले संसारभरबाट प्रतिष्ठित विचारक र अभियन्ताहरुलाई प्रवचनका लागि आमन्त्रण गर्ने गर्दछ।