७ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्सनलविरुद्ध पुनरागमन जितसहित सिटीलाई ११ अंकको अग्रता

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७८, आईतवार ०३:०२

लन्डन । आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ । १० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।

खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा पाएको पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । ९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्स भित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो ।

जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ । एक खेल कम खेलको चेल्सी ४२ अंक सहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।