७ बैशाख २०८१, शुक्रबार
Follow Us

कार्यकाल बाढेर लिने भन्ने प्रावधान व्यवहारिक छैन् : कुमार पन्त, अध्यक्ष एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
२० पुष २०७८, मंगलवार १९:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनवरी महिनाभित्रै संघको नयां नेतृत्वको लागि निर्वाचन हुने बताएका छन् ।
अध्यक्ष पन्तले मंगलवार ग्यालेक्सी फोर टिभीको जिडिबेट कार्यक्रमलाई दिएको एक अन्तरवार्तामा तीनै जना अध्यक्षका प्रत्यासीसंग छलफल गरेर सहमतिमा निर्वाचन गरिने बताए ।

उनले सरकारले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि परिवर्तन गर्न खोज्दा समस्या उत्पन्न भएको बताउँदै कुनै पनि हालतमा विधान अनुरुप आएका प्रतिनिधिहरु परिवर्तन गर्न नसकिने बताए ।

पन्तले सहमतिको लागि कार्यकाल बाढेर जिम्मेवारी लिने भन्ने विषयमा छलफल भएको तर एक एक वर्षे कार्यकाल बाढेर जिम्मेवारी लिने भन्ने विषय विधान विपरित हुने हुदा व्यवहारिक नहुने बताए ।