४ बैशाख २०८१, मंगलवार
Follow Us

ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७८, बिहीबार ०४:३६

जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।

संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएकाे छ । ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्,’ आयोजकले भनेकाे छ ।

यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो । आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।