१५ चैत्र २०८०, बिहीबार
Follow Us

अष्ट्रेलियाद्धारा टेनिस स्टार जोकोविचको भिसा रद्ध

नेपालब्रिटेन डट कम्
२२ पुष २०७८, बिहीबार ०५:३८

लण्डन । अष्ट्रेलिया सरकारले टेनिस स्टार नोवाक जोकोविचको भिसा रद्ध गरेको छ ।

बिहिवार जोकोविच मेलबर्न आइपुगेपछि अस्ट्रेलिया प्रवेश गर्ने भिसा नाटकीय रूपमा खारेज भएको हो ।

विश्व नम्बर एकमा रहेका उनलाई विमानस्थलमा लामो समय सम्म राखिएका थियो ।

उनले अष्ट्रेलिया प्रवेशका कोभिड १९ संग सम्बन्धीत नियमहरू पूरा नगरेकोले देश निकाला गरिने घोषणा गरिएको छ ।

उनलाई अहिले देशनिकाला गर्न सरकारी हिरासत होटलमा लगिएको बताइएको छ।

जोकोभिचले आफ्नो खोपको स्थितिको बारेमा बोलेका छैनन, तर गत वर्ष उनले कोरोना बिरुद्धको खोपको विरोध गरेका थिए ।