१५ बैशाख २०८१, शनिबार
Follow Us

आचार्यलाई निर्वाचन जितेर नेतृत्व लिन एनआरएनए पूर्वअध्यक्षहरुको सुझाव

नेपालब्रिटेन डट कम्
२६ पुष २०७८, सोमबार ०८:५७

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरुले संघको नेतृत्वको लागि विवदस्पद बन्दै आएका पूर्वउपाध्यक्ष कुल आचार्यलाई निर्वाचन मार्फत नेतृत्व लिन सुझाव दिएका छन् ।

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घले सहित पूर्वअध्यक्षहरुसंग आइतबार ललितपुरको एक होटलमा भेटमा उनीहरुले उक्त सुझाव दिएका हुन् ।
भेटमा संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जिबा लामिछाने र वर्तमान अध्यक्ष कुमार पन्त समेत सहभागि थिए ।
आफै अध्यक्षको उम्मेदवार भए पनि आचार्यले आफ्नो जित हार भन्दा संघलाई एक जुट राख्ने कुरा आफ्नो प्राथमिकता भएको बताउंदै आएका थिए । आचार्यलाई सहमति गर्ने भन्दै कार्यकाल बाढेर एक दिनको लागि भए पनि अध्यक्षको पद लिने अभियानमा लागेको आरोप लागेको छ ।

पूर्व अध्यक्षहरुले झन्डै ३ घण्टा वर्तमान परिस्थिति, अबको निकास र सहमतिको सम्भावना लगायतका विषयमा छलफल गरेका थिए।

आगामी दिनमा पनि संरक्षक परिषदलाई सक्रिय बनाएर समस्याको समाधान खोज्न आचार्यले आग्रह गरे पछि पूर्वअध्यक्षहरुले संघको विधि र विधानभित्र रहेर निर्वाचन हुनु पर्नेमा जोड दिएका थिए । आचार्यलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाएर निर्वाचनमा जान पूर्वअध्यक्षहरुले सुझाएका थिए ।