June 29, 2022
10:21 AM | 3:06 PM
खेल

सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत

  11/01/2022 मा प्रकाशित

सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् । समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो । ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो ।

समुह ‘सीुको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो ।

यता,सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो ।

प्रतिक्रिया