१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा समाजसेवी तिमल्सेना सम्मानित

नेपालब्रिटेन डट कम्
२९ पुष २०७८, बिहीबार ०१:०७

लन्डन । धादिङ नुवाकोट समाज यूकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ ।

समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको निस्वार्थ सेवाका लागि एक कार्यक्रम गरि सम्मान गरेको हो ।

सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउंदै तिमल्सेना जस्तो व्यक्ति सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।

तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए ।

झण्डै दुई दशकदेखि लन्डनमा बसोवासरत तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।