१२ बैशाख २०८१, बुधबार
Follow Us

उपत्यका कोरोना हटस्पट बन्दै ! सक्रिय संक्रमित १० हजार नाघे

नेपालब्रिटेन संवाददाता
३० पुष २०७८, शुक्रबार १२:४१

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जना गरि कुल २६०७ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल १०८११ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ७६२५ जना, ललितपुरमा १९३५ जना र भक्तपुरमा १२५१ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४२०४ र एन्टीजेन परिक्षणबाट ८८३ गरि कुल ५०८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।