८ बैशाख २०८१, शनिबार
Follow Us

अग्रपङ्क्तिमा खटिने सबैलाई आजदेखि बुष्टर डोज

नेपालब्रिटेन संवाददाता
२ माघ २०७८, आईतवार ०३:४८

काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै जान थालेपछि आजदेखि अग्रपङ्क्तिमा खटिने सबैलाई कोभिड १९ विरुद्धको बुष्टर डोज दिइने भएको छ ।

चिकित्सक, नर्स, स्वास्थ्य कर्मी, एम्बुलेन्सका ड्राइभरकासाथै पत्रकार, कर्मचारी, कानुनव्यवसायी, विभिन्न कूटनीतिक नियोगका कर्मचारी, वित्तिय संस्थामा काम गर्ने कर्मचारी र ज्येष्ठ नागरिकलाई बुष्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल जनसंख्याको ४० प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाएपछी मात्र बुष्टर डोज शुरु गर्ने जनाएको थियो ।

हालसम्म कुल जनसंख्याको ३९.१ प्रतिशत मानिसले पूर्ण खोप लगाइसकेका छन् । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।