६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकाको टेक्सासमा बन्धक यहुदीको रिहाइ

नेपालब्रिटेन संवाददाता
२ माघ २०७८, आईतवार १५:३४

अमरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो । प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।

यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोशिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटनान शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।

स्थानीय मीडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्यूरोसाइन्टिस्ट आफिया सिद्दीकी को रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिशको आरोपमा आफिया दोषी ठकर भएका थिए ।

इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।’