August 7, 2022
10:52 PM | 3:37 AM
खेल

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

  17/01/2022 मा प्रकाशित

सिड्नी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् । अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

प्रतिक्रिया