May 20, 2022
11:14 AM | 3:59 PM
ताजा खबर

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

  17/01/2022 मा प्रकाशित

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असाेजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

प्रतिक्रिया