१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए टोली सुदूरपश्चिम प्रदेशमा, मोबाइल ब्लड बस हस्तान्तरण गर्ने

नेपालब्रिटेन डट कम्
३ माघ २०७८, सोमबार ०७:१५

धनगढी । गैरआवासीय नेपाली संघ (एनाआरएनए) का अध्यक्ष कुमार पन्तसहितको एक टोलि यतिबेला कैलालीको धनगढीमा छ। सुदूरपश्चिम पश्चिम प्रदेशलाई लक्षित गरेर संघले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गर्ने कार्यक्रम छ।

अध्यक्ष पन्तसहित पुर्व अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, सल्लाहकार कुल आचार्य, मानार्थ सदस्य धर्मराज अधिकारी, सनिकुमार ओलीलगायतको टोली बस हस्तान्तरणको लागि धनगढी आएको हो। टोलिमा अधिवक्ता लिलामणी पौडेल समेत सहभागी छन्।

सोही क्रममा टोलिले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको छ।